सक्छयौ त?
-सुनिता चौधरी, बर्दिया।
आमा तिमी मेरी सासु
म तिम्रो बुहारी
मैले मलाई जन्म दिने आमालाई छोडेर
तिमीलाई नै आमा मानेर
यो घरमा भित्रिएको
तर,
के तिमी मलाई छोरीको
स्थान दिन सक्छ्यौ त?
मलाई जन्म दिने आमाको लागि
मैले केहि गर्न सकेकी छैन
तर मनमा गुनासो पनि छैन
किनकी
म तिमीलाई आमाको रुपमा पाएकी छु
तिम्रा हर सुखदु:खमा साथ दिन पाएकी छु
तर,
के तिमी मलाई छोरीको
स्थान दिन सक्छ्यौ त?
भए होलान सँगै बस्दा
कहि कतै कमि कमजोरीहरु
तर
छोरीलाई जस्तै त्यो कमजोरी
सच्याउने मौका दिन सकिन्न?
जसरी छोरीका गल्ति कमजोरीहरु
सच्याउने मौका दिइन्छ
हो,
तिमी मान या नमान
तिमी मेेरी आमा हौ
आमा नै रहनेछ्यौ,सासु हैन
तर
के तिमी मलाई
छोरीको स्थान दिन सक्छ्यौ त?
(लेखक, युवक मा. वि. बारबर्दिया २, जोगीगाँउ बर्दियामा कार्यरत शिक्षक हुन्।)
