अर्घाखाँची- पाणिनि गाउँपालिकाको दुर्गाफाटमा आज तरुणहरुको वृहत् भेला सम्पन्न भएको छ। उक्त भेलाले लक्ष्मण पाण्डेको नेतृत्वमा ४९ सदस्यीय गाउँपालिका स्तरीय नयाँ कार्य समितिको चयन गरेको छ। आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर २५० सदस्यीय युवा परिचालन समितिको समेत गठन गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव एवं पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतम, नेपाल तरुण दल अर्घाखाँचीका अध्यक्ष नारायण खड्का, क्षेत्र नं २ (ख) का उपसभापति अर्जुन पोख्रेल, नेबि संघ जिल्ला अध्यक्ष भरतमणि भट्टराई, ने.बि. संघ पाणिनी अध्यक्ष हिरामणि घिमिरे लगायत तरुण युवाहरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले अबको निर्वाचनमा जनताहरुले काङ्ग्रेसलाई नै साथ दिने र त्यसलाई व्यवस्थित गर्ने जिम्मेवारी तरुण युवाहरुको काधमा भएको बताएका छन्।