१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७८/११/२३ गते)

spot_img

आज मिति २०७८ साल फाल्गुण २३ गते सोमबार। सन् २०२२  मार्च ७ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष पन्चमी । भरणी नक्षत्र। इन्द्र योग। बब करण। मेष राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.२३, सुर्यास्त: साँझ ०६.०७ बजे।

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शारीरिक अस्वस्थताका कारण मन चिन्तित रहन सक्छ । घर-परिवारको चिन्ताको साथै खर्चको मामिलामा चिन्तित रहनुहुन्छ। तपाईको उग्र बोली कसैसँग मनमुटाव र झगडाको कारण बन्नेछ।

वृष   (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन राम्रो छ। व्यापारी र कर्मचारीले लाभ प्राप्त गर्नेछन् तथा पदोन्नति  होला।  सरकारी लाभ मिल्नेछ। सबै काम सरलपुर्वक सम्पन्न होला । कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अवसर प्राप्त होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन उत्साह र उमंगका साथ बित्नेछ। मनमा उर्जा र खुशीको अनुभव होला। पारिवारिक वातावरण उल्लासमय रहला। मित्र-आफन्तसँग आनन्दमय समय बिताउनुहुन्छ। आमाको तर्फबाट लाभ होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा खुशी र आनन्दको वातावरण रहला।  उच्च पदाधिकारीले  तपाईको कार्यको प्रसंशा गर्नेछन्। वैवाहिक योग छ।  स्त्री मित्रबाट लाभ मिल्नेछ। आयमा वृद्धि हुनुको साथै दाम्पत्यजीवन सुमधुर रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन त्यति राम्रो छैन। स्वास्थ्यमा समस्या देखापर्ला। रिस नियन्त्रण गर्नको लागि मौन रहनुहोला।  अत्यधिक पैसा खर्च हुने योग छ। तपाईले आगो र पानीबाट दुरी बढाउनु पर्दछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंले गरेको काममा अपजस आउन सक्छ। तपाईले आफ्नो   स्वास्थ्यको ख्याल राख्नुपर्ने  हुन्छ। धार्मिक यात्राको आयोजन होला। कुनै पनि दीर्घकालीन निर्णय लिदा घाटा हुन सक्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक मनोरञ्जन एवं खुशीका साथ घरमा समय बिताउनुहुनेछ। शारीरिक र मानसिक प्रसन्नताले काम गर्न उत्साह दिनेछ। कार्यालयका कर्मचारीको सहयोगमा धेरै काम सम्पन्न हुनेछन्। अधूरा कामहरु पूरा हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कसैसँग झगडा हुन सक्छ,बोलीमा विशेष ध्यान दिनुहोला। आर्थिक मामिला वा लेन-देनमा सावधानी अपनाउनुहोला।  नकरात्मक विचार मनमा आउन सक्छ। आजको दिन कसैलाई धन सापटी नदिदा राम्रो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आमा अथवा मावलीको स्वास्थ्यले मनमा चिन्ता उत्पन्न होला। सार्वजनिक जीवनमा तपाईको मान-सम्मानमा हानि पुर्याउला। स्वास्थ्यमा सामान्य समस्या उत्पन्न होला। टाढाको यात्रामा सावधानी अपनाउनु पर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यमा असफलताले मनमा निराशा उत्पन्न हुनेछ। पेटसँग सम्बन्धित समस्याले सताउन सक्छ। कुनै पनि बहस तथा  छलफलमा अघि नसर्नुहोला, समस्या खडा हुन सक्छ। सन्तानको मामिलामा चिन्ता उत्पन्न होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कसैसँग झगडा हुन सक्छ,बोलीमा विशेष ध्यान दिनुहोला। आर्थिक मामिला वा लेन-देनमा सावधानी अपनाउनुहोला।  नकरात्मक विचार मनमा आउन सक्छ। आजको दिन कसैलाई धन सापटी नदिदा राम्रो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक स्वस्थताले मनमा उत्साह बढ्ला। छिमेकी र भाईबहिनीसँग मेलमिलाप हुनेछ। घरमा मित्र र आफन्तको आगमनले घरको माहोल आनन्दमय बन्नेछ। शुभ समाचारले मन प्रफुल्लित बन्नेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै