२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

जबरजस्ती करणी आरोपमा अर्घाखाँची मालारानीका एक शिक्षक पक्राउ

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा अध्यापनरत एक शिक्षक जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। मा.वि. स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी एक नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले ती शिक्षकलाई पक्राउ गरेको हो।

शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतमा पेश गरेको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भई रहेको जानकारी जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी, प्रहरी निरीक्षक गणेश खनालले गराएका छन् ।

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै