आज मिति २०७८ साल फाल्गुण २२ गते आइतबार। सन् २०२२ मार्च ६ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष चतुर्थी । अश्विनी नक्षत्र। व्रह्म योग। वणिज करण। मेष राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.२५, सुर्यास्त: साँझ ०६.०७ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्य सबल रहनेछ । व्यापारमा कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न सहयोग र उपहार पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ ।विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढढ्नेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कीर्तिमानी काम गर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् ।आयआर्जनका स्रोत बढ्नेछन्
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । मेहनतले आम्दानी बढाउनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
कामको सन्दर्भमा नजिकका व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा भने सोछे अनुरूपको फाइदा नहोला।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।