७ श्रावण २०८१, सोमबार
spot_img
७ श्रावण २०८१, सोमबार
spot_img
spot_img

सुधारिएको एमालेलाई सभ्यता सिकाउने पाठशाला निशुल्क सञ्चालन गरेका छौं : सहमहामन्त्री मुस्कान

spot_img

अर्घाखाँची ।   नेपाली कांग्रेस पाणिनी गाउँपालिका वडा नम्बर २ को आयोजनमा सञ्चालित संगठन विस्तार तथा अन्तरक्रिया कार्यक्रम पाणिनी-२को घोर्लिखर्कमा सम्पन्न भएकोछ ।

कार्यक्रमलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश सहमान्त्री विष्णु प्रसाद खनाल मुस्कानले कांग्रेसको निति र विचारवाट देशका कम्युनिष्ट पाटीहरु मुलधारको राजनितिमा समाहित भएको भएता पनि झुट र ढाटको राजनितिमा अझै पनि सुधार आउन नसकेको र अझै त्यसैको निरन्तरता भइरहेता पनि अव त्यो झुटको खेती नटिक्ने बताएका छन ।

त्यस्तै सुधरिएको एमालेका केन्द्रिय स्तरका नेताले अन्य पाटीका नेताहरु माथि प्रयोग गर्ने शव्दको ज्ञान नभएको भन्दै शव्द चयन र प्रयोगको लागि नेपाली कांग्रेसले निशुल्क रुपमा पाठशाला सञ्चालन गरेको भन्दै व्यग्य समेत गरेका हुन ।

कार्यक्रमा नेपाली कांग्रेस जिल्ला सचिव अच्युत गौतम , कांग्रेस नेता यादव प्रसाद घिमिरे , इन्द्रमणी पौडेल , महिला नेतृ लक्ष्मी गौतम , पालिका सभापती तुल्सीराम पौडेल लगायतले सम्वोधन गरेका थिए ।

वडा सभापति वावुराम गौतमको अध्यक्षतामा र राम प्रसाद गौतमको संचालकमा कार्यक्रम सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै