गोकर्ण पाण्डे
गुल्मी । डिभिजन वन कार्यालय गुल्मीकाे आयाेजनामा रेसुङ्गा वन संरक्षण क्षेत्रका प्रमुख सराेकारवालहरुकाे बैठक हाेटल निलगिरि तम्घासमा सम्पन्न भएको छ ।
गुल्मी दरबार गाउँपालिका, इश्मा गाउँपालिका,मुसिकाेट नगरपालिका, रेसुङ्गा नगरपालिका भित्र पर्ने सामुदायिक वन, धार्मिक वन का अध्यक्ष र प्रतिनिधि हरुकाे उपस्थितीमा कार्यक्रम सञ्चालन भएको हाे ।
कार्यक्रमका सभापति डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत प्रभात सापकोटाले कार्यक्रमकाे बरेमा जानकारि गराएका थिए । सापकोटाले २० लाख बजेट लाई विभिन्न शीर्षकमा छुटाइएकाे बताए । गत बर्ष सम्म बजेट कम आएकाे पनि कार्यक्रम बाट बताए । रेसुङ्गा वन संरक्षण क्षेत्र कार्ययाेजना बारे पनि जानकारी गराएका थिए ।
सापकोटाले वनमा भएका बिरुवा हरु लाई सरक्षण गरेर राख्न सामुदायिक वन धर्मिक वन का अध्यक्ष र प्रतिनिधि हरुलाई आग्रह गरेक छन । अहिले आएकाे बजेट लाई १ डेढ महिनामा कार्यन्यन नगरे फिर्ता जाने पनि सापकोटाले बताए । अहिले रेसुङ्गा वन क्षेत्रमा ओखर जातका बिरुवा हरु लगाइएकाे सापकोटाले जानकारी दिए
कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे , जिल्ला पशु सेवा , विज्ञ केन्द्रका प्रमुख डिल्लीराज मरासिनी , पक्षी सरक्षण सघका परियाेजना अधिकृत भरत पन्थी , सहायक वन अधिकृत रामकुमार चौधरी , फरेस्टर कमल रेग्मी वन रक्षक घनश्याम आचार्य,जगन्नाथ पाण्डे , रेन्जर बाबुराम न्यैपाने , अस्मिता न्यैपाने , अन्नपूर्ण ढकाल , पत्रकार गोकर्ण पाण्डेकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रमकाे सञ्चालन साहायक वन अधिकृत मुना शर्माले गरेकी हुन