अर्घाखाँची । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सन्धिखर्क शाखा कार्यालयले ६ लाख १२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं. ३ , छापडाँडाका राम बहादुर रानाको गत कार्तिक २८ गते कोरोना संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
मृत्यु दावी वापतको रकम आज सन्धिखर्क शाखा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका वीच मृतककी श्रीमती अनिता थापा रानालाई चेक हतान्तरण गरिएको थियो ।
कम्पनीमा मृतक रानाले २०७७ माघ १३ गते धन सरिता वार्षिक अग्रीम भुक्तानी सावधिक जीवन वीमा अन्तर्गत ६ लाखको जीवन वीमा लिनु भएको थियो । उहाँले एक किस्ता वापत ४५८८८ रुपैँया मात्र तिर्नुभएको थियो । वीमा गरेको एक वर्ष नपुग्दै वीमितको मृत्यु भएको हो । मृतक एक स्थायी शिक्षक हुनुहुन्थ्यो ।
उहाँले शान्ति माध्यमिक विद्यालय भूमिकास्थान नगरपालिका धारापानीमा अध्यापन गराउँदै आइरहनु भएको थियो ।
मृतक रानाको कोरोना संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएकोले कम्पनीले वीमाङ्क वापतको ६ लाख र अतिरिक्त १२ हजार गरि ६ लाख १२ हजार रकम सन्धिखर्क शाखा प्रमुख विक्रम पाण्डेले मृतककी श्रीमती अनिता थापा रानालाई चेक मार्फत हस्तान्तरण गर्नुभएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रमुख विक्रम पाण्डेले बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिने भएकोले जीवन वीमा आबश्यक भएको बताउनु भयो ।
कार्यक्रममा मृतककी श्रीमती अनिता थापा रानाले वीमा कम्पनीले वीमा गरेपछि भुक्तानी दिन मान्दैनन् , ढिला सुस्ती देखाउँछन् भन्ने सुनेको थिएँ र तर आइएमई लाईफले कुनै झन्झटिलो प्रकृया बिनानै सहजै रुपमा भुक्तानी दिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा शाखा प्रमुख विक्रम पाण्डे , कर्मचारी विमला थापा क्षेत्री , एजेन्सी मेनेजर टामलाल पाण्डे , माया नेपाली , प्रेमकला भुसाल लगायतको उपस्थिती रहेको थियो ।