२७ माघ २०८१, आइतवार
spot_img
२७ माघ २०८१, आइतवार
spot_img

वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता चुत्राबेसिमा सुरु

spot_img

अर्घाखाँची ।  सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसिमा मन्जरि युवा क्लब द्वारा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ ।

उक्त भलिबल उद्घाटन कार्यक्रम प्रतियोगिताका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा ख का सांसद रामजी प्रसाद घिमिरेले ब्यानर वाचन र बिशिस्ट अतिथि सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले रिवन काटेर भलिबल प्रतियोगिता उद्घाटन गरेका हुन ।

प्रमुख अतिथि कार्यक्रमलाई सम्बोधन गर्दै खेलाडीहरुलाई बिजयको सुभकामना दिदै खेलकुद प्रति युवाहरुले सक्रिय भुमिका देखाएको बताएका छन । उनले खेलाडीहरुले अन्तरास्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका देखाएको समेत बताएका छन भने वडा सदस्य शुश्मा श्रेष्ठ ,वडा अध्यक्ष मोतिजंग रायमाझी , खेलकुद संघको पुर्व अध्यक्ष सिद्दी भुसाल लगाएतले आफ्नो सुभकामना मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगिता मन्जरि युवा क्लबको स्थापना दिवसको अवसरमा आयोजना आयोजना गरिएको क्लबका अध्यक्ष बिक्रम नेपालीले बताएका छन । भलिबल प्रतियोगितामा १३ जनाको टिम दर्ता भएको समेत अध्यक्षले जानकारी दिएका छन  ।

उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति बाबुराम भुसाल , २ का वार्ड सभापति बिनय नेपाली लगाएत स्थानीय बासिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम बिक्रम नेपालीको अध्यक्षता , आशिष नेपालीको स्वागत मन्तव्य र गोबिन्द नेपालीको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • हाँस्यास्पद (14%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै