७ बैशाख २०८२, आइतवार
spot_img
७ बैशाख २०८२, आइतवार
spot_img

केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल

spot_img

काठमाडौं ।  नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ११औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ द्वारा आयोजित २ दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

‘केन्द्रीय तहबाट स्थानीय तहमा गठबन्धन हुँदैन । स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’, उनले भने।
उनले आगामी चुनावमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेण्डा अघि सार्नुपर्ने पनि उनले बताए । ‘स्थानीय तहले विकासलाई गाउउँगाउँमा लगे, भौतिक पूर्वाधारको पक्षमा स्थानीय तहमा धेरै नै भएको छ ।

तर सँगसँगै भ्रष्टाचार पनि बढिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाच्नमा काँग्रेस भ्रष्टाचारविरुद्ध प्रतिबद्धता ल्याउनुपर्छ ।’
उनले विकासको आधार स्थानीय तह भएकाले भ्रष्टाचारविरुद्ध काँग्रेस खरो रुपमा उत्रिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै