कलियोग अनमोल
समाज परिवर्तनशील छ, समयको वेगसँगै मानिसको चेतनामा पनि गुणात्मक परिवर्तन हुँदै गएको छ।नयाँ नयाँ प्रविधिको बिकासले मानिसको दैनिक क्रियाकलापलाई सहज बनाएको छ। अहिले विश्व परिवेश मानिसको मुट्ठीमा छ, जुनसुकै जस्तोसुकै कुरापनी क्षणभरमै मानिसले सर्च गरेर पत्ता लगाउन सक्छ। मोबाइल,कम्प्युटर जस्ता विद्युतीय उपकरणको प्रयोगले मानिसहरूमा धेरै कुराको ज्ञान र सीप बिकास हुदै गएको छ।
अहिले नेपालको परिस्थितिपनि पहिलाजस्तो छैन, पुराना बुढा बुबा आमाका कुरा सुन्ने हो भने विदेश जाने प्रचलन मौलाएकै थिएन, फोन,टेलिभिजन ,कम्प्युटरको कुरा त कहाँ हो कहाँ मानिसहरूमा अक्षेर चिन्ने क्षमता पनि थिएन। गाउघरमा अलिक शिक्षित मानिने ब्याक्ती खोजेर टाढाबाट आएका चिट्ठीपत्रहरु पढ्न लगाउनु पर्थ्यो।अहिले ती कुरा सुन्दा हाम्रो पुस्तालाई सपना जस्तै लाग्छ।
टिकटक जसमा रम्दैछन् बालकदेखी बृद्धसम्म
विश्वमा अहिले कयौं नयाँ नयाँ मोबाइल एप्लिकेसनहरु बिकास हुदैगएकाछन्, अझ त्यसमा पनि सामाजिक संजालवाला एप्लिकेसनहरुको प्रभाव समग्र विश्व भूभागमा धेरै छ। युट्युब फेसबुक,टुइटर,इन्स्टाग्राम,टिकटक जस्ता एपहरु अहिले धेरै प्रयोग हुने सामाजिक संजालहरु हुन्। गुगलमा खोज्दा मैले विश्वमा १ अर्ब मानिसले टिकटक प्रयोग गर्नेगरेको तथ्य फेला पारे।
यो संजाल अहिले हरेक पुस्ताका ब्याक्तीहरु माझ लोकप्रिय बन्दै गएकोछ।
नेपालमा टिकटक प्रयोग कर्ताको संख्या उल्लेखनीय छ। अहिले प्रत्येकको आकर्षणको केन्द्र टिकटक बनेकोछ। टिकटक एउटा त्यस्तो सामाजिक संजालको माध्यम हो जहाँ छोटा किसिमका भिडियोहरु सिर्जना गरेर अरु माझ प्रस्तुत गर्न सकिन्छ। यो संजाल अहिले नेपालमा निकै लोकप्रिय हुदैगएको छ। गुगलकै सुचनालाई आधार मान्ने हो भने नेपालमा अहिले ३.७ मिलियन टिकटक प्रयोगकर्ता छन्। अहिले मानिसहरू आपसमा जमघट,भेला एवं भेटघाट हुदा सर्वप्रथम टिकटक बनाउने सुरसार गर्छन्। ४/५ कक्षामा पढ्ने साना कलिला बालकदेखि जागीरबाट अवकास लिएका बृद्ध ब्याक्तीको रोजाइ बनेको छ टिकटक। गाई/ भैसीको गोबर सोरेकोदेखि घास काटेकोसम्म भिडियो टिकटकमा देख्न पाइन्छ। बुढाबुढीका झगडादेखी, प्रेम र रोमान्सका अनौठा दृश्य टिकटकमा पाइन्छन्। एकप्रकारले भन्ने हो भने यो एप्स् ले युट्युबलाई नै प्रतिस्थापन गर्नेबाटोमा जादैछ।
विकृति बन्दै टिकटक!
केही समय अगाडि कक्षा १२ को परिक्षा हुदैगर्दा परिक्षा दिदैगरेका विद्यार्थी परिक्षा स्थलबाटनै टिकटक बनाएर शेयर गरेपछि उनीहरू परिक्षाको मर्यादा उल्लंघन गरेकोभन्दै कार्वाहीको भागिदार हुनुपर्यो। कक्षा कोठामै टिकटक बनाएर आरु माझ प्रस्तुत गरेका कयौं भिडियोहरु त अहिलेपनि हामी छ्यापछ्याप्ती भेटाउछौँ। फलोहोरस् बढाउने होडबाजीमा कयौंले त कसैको असामान्य शारीरिक अवस्थाको भिडियो खिचेर टिकटकमै हाल्ने गरेको पाइन्छ जुन कानुनी एवं नैतिक दृष्टिकोणले गलत हो।
अझ त्यो भन्दापनी दुखको कुरा त के भने अश्लील शब्द र क्रियाकलाप समेटेका भिडियोहरु टिकटकमा अधिक भेटिन्छन्, यो हाम्रो सामाजिक सद्भाव र संस्कृतीलाइ नै खलल पुराउने किसिमको हर्कत हो टिकटकमा कलिला बालबालिकाहरु समेत सक्रिय हुन्छन् यसरी अश्लील भिडियो देख्दा उनीहरूको बाल मस्तिष्कमा कस्तो प्रभाव पर्ला?,
अहिले सामान्य नागरिकको मात्र के कुरा देश संचालन गर्ने अभिभारा बोकेका नेताज्युहरुले पनि मख्ख परी परी टिकटक चलाउनु हुन्छ। देशका गायिकादेखी नायिकासम्म,नायकदेखी खलनायकसम्म सबैको रोजाइमा टिकटक छ।
उहाँहरु लाइभमा बस्नु हुन्छ अनि निकै उग्रशैलीमा मलाई यो गिफ्ट दिनुस्,मलाई रोज दिनुस् भन्दै कराउनु हुन्छ। यसरी सामाजिक रुपमा उचो कद बनाएका सेलीब्रेटी नेता एवं अन्य उच्च ओहोदामा रहेका ब्याक्तीहरुमाथी धेरैको नजर हुन्छ उनीहरूलाइ धेरैले फलो गरेका हुन्छन् , उनीहरूनै अहिले घन्टौं लाइभमा बसेर यसलाई फलो गर्नुस्,त्यसलाई फलो गर्नुस्,, मलाई यो पठाइदिनुस् मलाई त्यो पठाइदिनुहोस् भनेको निकै असभ्य देखिन्छ। यसलाई एकप्रकारको डिजिटल भिख भन्न सकिन्छ।
.यो माध्यमको प्रयोगले धेरैको क्षमता उजागर भएकोछ कयौंले मनख्य आम्दानी पनि गरेकाछन्। कयौं लुकेर रहेका प्रतिभाहरु उजागरपनि भएकाछन्। तर यो सबका साथसाथै टिकटक निकै विकृतपनि बन्दै गएको कुरा पनि सत्य नै हो
केहि नेपालका टिकटक प्रयोगकर्ता आफ्नो असाधारण प्रतिभाले चर्चाको शिखरमा छन्, उनीहरू टिकटकबाटै आफुले लाखौं कमाएको अन्तरबार्ता दिन्छन, ।
दिनरात लाइभमा बसेर अनेक बोलेर ट्याप गर्नुस् ट्याप गर्नुस् भनेर पैसा कमाउने आवेकमा जथाभावी बोलेर केहि ब्याक्ती टिकटकलाइ विकृत बनाउदैछन्।
टिकटकको प्रयोगले धेरै जना आर्थिक सवलिकरणको बाटोमा हिडेकाछन्। कयौंले सिनेमा एवं म्युजिक भिडियोमा अभिनय गरेर ठुलो पर्दामा आफुलाइ स्थापित समेत गर्न सफल भएकाछन्। कयौंको सामाजिक परिचय बनेको छ। तर यसलाई प्रयोग गरेर भिहुज र फलोहर बढाउने निउमा सामाजिक रुपमै अपाच्य एवं हाम्रो संस्कृति प्रतिकुल हुने सामाग्री सम्प्रेषण हुनु दुखत हो।
त्यसो त हाम्रो देशमा यस्ता खालका एप्स मार्फत हुने गैरकानुनी क्रियाकलाप नियन्त्रण एवं नियमन गर्ने बलियो कानुनको पनि अभाव छ यसतर्फ राज्यले ध्यान पुराउनु जरुरी हुन्क्झ।