४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

हेर्नुहोस् तपाईंको आजको राशीफल(२०७८/११/१९ गते)

spot_img

आज मिति २०७८ साल फाल्गुण १९ गते बिहिबार। सन् २०२२  मार्च ३ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष प्रतिपदा । पुर्वभाद्र नक्षत्र। साध्य योग। किष्तुघ्न करण। कुम्भ राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.२८, सुर्यास्त: साँझ ०६.०६ बजे।

मेष  (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
आजको दिनमा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सामाजिक कार्य गरि समाजमा कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । आर्थिक लाभ प्राप्त होला।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ।

मिथुन  (का,की,कू,घ,ङ,छ,के,को,हा) 
मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ।  आजको दिन कुनै आर्थिक कारोवारबाट क्षति व्यहोर्नुपर्ने देखिन्छ।

कर्कट  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । छोटो दुरिको यात्रा हुन सक्नेछ।

सिंह  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 
दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ ।  आट तथा पराक्रम बढेर जाने हुनाले काम गर्ने जोस आउनेछ ।

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा केही खटपट आउनेछ ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा अपेक्षाकृत सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आज आफन्तको समर्थन पाइने हुँदा मन प्रसन्न रहनेछ ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनको क्षेत्र राम्रो छ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।

धनु  (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । व्यापार व्यावसाय बढिनै संघर्ष गर्नु पर्नेछ ।

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ ।  पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने  ऋण रोगले सताउनेछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ । यात्राबाट फाइदा होला।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै