२ चैत्र २०८१, शनिबार
spot_img
२ चैत्र २०८१, शनिबार
spot_img

हेर्नुहोस् तपाईंको आजको राशीफल(२०७८/११/१८ गते)

spot_img

आज मिति २०७८ साल फाल्गुण १८ गते बुधबार। सन् २०२२  फेव्रुअरी ३० तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण कृष्णपक्ष आमावश्या । शतभिषा नक्षत्र। शिव योग। विष्टि करण। कुम्भ राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.३०, सुर्यास्त: साँझ ०६.०४ बजे।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मानसिक रुपले केही थकित महसुस भए तापनि आफन्तले सहयोग गर्नेछन् ।दीर्घकालीन योजना बन्नेछ । आर्थिक लाभ होला। यात्रा फलदायी होला। साथिहरु पूर्णसहयोग मिल्नेछ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
धनलाभ हुने दिन छ । मीठो कुरा खानपाईने दिन रहेको छ। मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ तर नसोचेको अपजस आइलाग्ला।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्यले साथ दिनेछ । शत्रु परास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ ।उपलब्धिमुलक यात्रा हुने दिन रहेकोेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
मन साह्रै चञ्चल हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ ।  पेट सम्वन्धी समस्या आउने छ । यात्राबाट हानीहुने दिन रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
धनक्षय हुने दिन रहेको छ । मनमा असन्तोष बढनेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
धन आर्जनगर्ने अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ ।  उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आफन्तसंग भेटघाट हुनेछ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ ।  कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
अध्ययनमा रुचि घट्ने छ । मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आज  उपलब्धिमुलक रमाइलो यात्रा हुने दिन रहेकोछ । पराक्रम बढने छ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मित्रहरुबाट सहयोग मिल्ने छ । मनमा अहंकार उत्पन्न हुन सक्छ। मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै