१ माघ २०८१, मंगलवार
spot_img
१ माघ २०८१, मंगलवार
spot_img

नेपाल मुस्लिम ईत्तेहाद संगठन अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन सम्पन्न  , अध्यक्षमा जहिर मियाँ

spot_img

सन्धिखर्क ।  नेपाल मुस्लिम ईत्तेहाद संगठन अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुस्लिम समुदायका समस्या प्रति राज्य उदासीन भएको बताए ।

उनले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै अधिकार प्राप्तिको निम्ति मुस्लिम समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । वर्तमान परमादेश सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उनको भनाइ छ ।

नेकपा एमाले प्रदेश कमिटीका सदस्य तथा नेपाल मुस्लिम ईत्तेहात संगठनका केन्द्रीय सचिवालय सदस्य कुटमदिन अलिले राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागीता सुनिश्चित गरिनुपर्ने बताए । उनले मुस्लिम समुदाय माथिको विभेद कायमै रहेको भन्दै पुर्ण अधिकार प्राप्तिको निम्ति संघर्ष गर्नुपर्नेमा ज‍ोड दिए ।

नेपाल मुस्लिम ईत्तेहाद संगठनका जिल्ला अध्यक्ष कौसर अलिको अध्यक्षता , ऐयाव्दिन अलिको स्वागत मन्तव्य र सचिव सलिम मियाँको संचालनमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क. , ईत्तिहाद संगठनका केन्द्रीय सचिवालय सदस्य हसरदिन मियाँ , केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सफि मियाँ , सह-ईन्चार्ज नजिर महमद मियाँ , फिरोज खान , सागिर मियाँ , एमाले पुर्व जिल्ला कमिटी सदस्य सहिद्धिन मियाँ , जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य जहिर मियाँ , राष्ट्रिय अपाङ्ग संगठन
लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष फर्सुराम पाण्डे लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

उक्त अधिबेशन बाट जहिर मियाको अध्यक्षमा ४१ जनाको समिति निर्वाचित समिति गठन गरिएको छ भने उपाध्यक्षमा मुन्ताज मिया , सचीव अयाब दिन अलि र सह सचीव कलिम मिया लगायत ४१ जना सदस्य गठन गरिएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै