१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

सन्धिखर्क , तुम्कोट र ओखरेमा कांग्रेस टोल समिति गठन , ६० जना पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

spot_img

सन्धिखर्क ।  स्थानिय तहको चुनाव घोषण पश्‍चात नेपाली कांग्रेस संगठन विस्तारमा लागेको छ। “घर घर र टोलमा जाऊ नेपाली कांग्रेसका उम्मेद्वारलाई विजयी गराउ” भन्ने राष्ट्रिय अभियान अन्तर्गत सोमवार सन्धिखर्क नगरपालिका वडा नम्बर १ को तुम्मोट र ‌ओखरेलाई समेटी १५ सदस्यीय टोल समितिको गठन गरेको कांग्रेसका प्रत्यासी वडा अध्यक्षका उम्मेद्वार सुभाष श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा विभिन्न पाटी परित्याग ६० नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । “अव तुम्कोटको लाल किल्ला हामी तोड्छौ । विगतको पिडादायी अवस्थावाट हामी खुला स्थानमा कांग्रेसको कार्यक्रम गरेकाछौं यो क्रमलाई निरन्तरता दिदै थप वजवुत हुदै वडा र नगर हामीले जितछौ” स्वागत मन्तव्य व्यक्त गर्दै काग्रेस नेतृ सिता पराजुली भनिन् ।

नगर सभापती वावुराम भुसालले कम्युनिष्ट पाटी कहिल्यै पनि जनताको पाटी हुन नसके तर झुट र भ्रमको खेती गर्दै जनतालाई अलमलमा पार्ने र समाजलाई अतिरञ्जित गराई र जनता जनताबिच द्वन्द सिर्जना गरी फुटको आधारमा शासन चलाउने कोशिस गरिरहेको भन्दै अव आउने चुनावले तिनिहरुको झुट र भ्रमको खेतीलाई उत्तर दिने बताए ।

काग्रेसको टोल अधिवेशनमा आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि छमा कार्कीले दलित,महिला र जनजातीको पक्षमा कांग्रेस मात्र रहेको र समावेशी पाटी निर्माण गरी सवैको प्रतिनिधित्व सुनिश्चत गर्ने काम कांग्रेस पाटीले नै गरेको भएतापनि गरेका कुरालाई जनता समक्ष लैजान नसक्दा कम्युनिष्टहरुलाई भ्रमको खेती गर्न सजिलो भएको बताइन ।

“राष्ट्रमा संकट पर्दा समस्यावाट कांग्रेस कहिल्यै पनि पछि नहटेको र आफ्नो लक्ष्य र उदेश्यमा स्पस्ट भइ लाग्ने, बोलेको कुरा कहिल्यै नफेर्ने जनताको सुख दु:खको साथी नै कांग्रेस भएकोले छेपारोले झै कहिल्यै यसले रुपफेर्दैन र धमिलो पानीमा कांग्रेस पाटीले कहिल्यै माछा मार्दैन “लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारीले शुभकामना मन्तव्य दिदै भनिन् ।

रमाजी कुवरको सभापतित्वमा भोला नेपाली र सिता पराजुली उपसभापती रहेको कार्यसमितिको सचिवमा शारदा वस्याल र चोपलाल नेपाली रहेकाछन् । त्यस्तै सहसचिवमा पोमनारयण कुवर र मिना नेपाली र कोषाध्यक्षमा अमृत वि.क सहित १७ सदस्यीय कार्य समिति र ५ सदस्यिय सल्लाकार समिति गठन गरेको वडा सभापती माधव श्रेष्ठले वताए ।

“सन्धिखर्क १ कांग्रेसको एउटै रहर , वनाउछौ हामी हाम्रै वडा र मेयर” भन्ने नाराका साथ कांग्रेले टोलटोलमा गई संगठन विस्तार गरेको र बाँकी रहेका अन्य टोलमा छिट्टैनै टोल समिति गठन गर्ने प्रकृयामा रहेको समेत वताए ।

कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष भरतमणी भट्टराई , तरुणदल वडा अध्यक्ष रञ्जित श्रेष्ठ, महिला संघ वडा सचिव रुपा कडेल , क्षेत्रिय प्रतिनिधि विश्वराज भण्डारी , नेत्र श्रेष्ठ , तारा वस्याल , तिलक श्रेष्ठ लागयतको उपस्थित रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (25%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै