४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

यस्तो रहनेछ तपाईंको आजको राशीफल(२०७८/११/१६ गते)

spot_img

आज मिति २०७८ साल फाल्गुण १६ गते सोमबार। सन् २०२२  फेव्रुअरी २८ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण कृष्णपक्ष त्रयोदशी । उत्तरषाढा नक्षत्र। वरियान योग। गर करण। मकर राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.३०, सुर्यास्त: साँझ ०६.०३ बजे।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।यात्रा सफल  हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।स्वास्थ्य राम्रो रहनेछ ।  विद्यार्थीहरुका लागि आजको दिन विशेष  फलदायी रहनेछ

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) 
आजको दिन मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) 
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
मन अशान्त भई रहने छ ।  व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) 
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

धनु  (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घर परिवारसँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुनसक्छ।

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाइ लेखाईमा राम्रो प्रगति हुनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

                        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै