४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

‘एमालेकी फरार सांसद’ प्रदेशसभामा सुटुक्क हाजिर

spot_img

बिराटनगर ।  प्रदेश १ को प्रदेशसभा भवनमा सर्वसाधारणले सहजै प्रवेश पाउदैनन् । प्रहरीको घेराभित्र रहेको भवनमा चेकजाँचपछि मात्रै प्रवेश पाउँछन् । आइतबार भने प्रहरीको फरार सूचीमा रहेका सांसद प्रदेशसभा भवन भित्र प्रवेश मात्रै गरेनन्, हाजिरसमेत गरेर बाहिरिए ।

एमाले प्रदेश सांसद गुलेफुन खातुनले संसदमा हाजिर भएर बाहिरिएकी हुन् । सरकारी सहीछाप कीर्ते मुद्दामा कैद सजाय सुनाइएकी उनी प्रहरीको फरार सूचीमा छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले हाजिर गरेकी हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार खातुन आइतबार संसद बैठक सुरु हुनअघि संसदमा हाजिर भएकी हुन् । संसदको उपस्थिति खातामा हाजिर गरेकी उनी बैठकमा भने सहभागी नभएको उनले बताए । मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसी भने खातुनको खोजी भइरहेको बताउँछन् ।

२०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले सरकरी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा सांसद् खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला सुनाएको थियो ।

उच्च अदालत विराटनगरको फैसला पछि उनी फरार छिन् । कीर्ते मुद्दामा सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारणा थप दुई वर्ष सजाय सुनाएको थियो ।

फैसला विरुद्ध सांसद खातुन उच्च अदालत गएकी थिइन् । उच्च अदालत विराटनगरले शेख सिलबरलाई सफाइ दियो भने सांसद खातुन र कर्मचारीहरु कामत र मण्डलको हकमा जिल्ला अदालतको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसला अनुसार सांसद खातुनले ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै