काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो नागरिकता खारेज गर्न चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए ।
नेकपा एमालेका नेता भीम रावलले एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौती स्वीकार्न तयार हो भनी प्रश्न गरेका छन् ।