बुटवल । मिलन टोल बिकास संस्थाको २० औं साधारण सभा शनिबार सम्पन्न भएको छ । बुटवल सिद्धार्थ कटेजमा टोल विकास संस्थाकी अध्यक्ष कमला कुमारी बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष बिष्णु बहादुर थापाले मिलन टोल बिकास संस्थाले वडा नमुना काम गरेको र अरु संस्थाले पनि सो कार्य सिक्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष कमला कुँवरको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु बञ्जाडेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं. ९ वडा सदस्य विमल श्रेष्ठ, सिडिसी अध्यक्ष भरतराम भट्टराई, विशिष्ट अतिथि सामाजिक बहुउद्देश्यीय विकास केन्द्रका अध्यक्ष भोज बहादुर बुढाथोकी, प्रगती टोल विकास संस्थाका अध्यक्ष तारा विष्ट, शितलकुञ्ज टोल विकास संस्थाका कोषाध्यक्ष गंगा गौतम, नेपाल राष्ट्रिय केन्द्रिय उद्योग व्यवसायी महासंघका केन्द्रिय सचिव बालाराम भट्टराई जेष्ठ नागरिक मञ्च कार्य समिति सदस्य कृष्ण प्रसाद भट्टराई मिलन टोल विकास संस्थाका सल्लाहकार प्रिया गुरुङ्ग, बालाराम भट्टराई, चिरन्जिबी देवकोटा, कृष्ण प्रसाद श्रेष्ठ, यज्ञलाल सुवेदी लगायत बोलेका थिए ।
उक्त कार्यक्रममा संस्था भित्र रहेका जेष्ठ नागरिक सदस्य जेष्ठ अभिभावक, हिमलाल बस्याल, सावित्रा पाण्डे र बाल क्लबका अध्यक्ष आरुषी भुषाल, सदस्य प्रनिश बञ्जाडे, युवा क्लब वडा नं. ९ अध्यक्ष प्रतिक ज्ञवाली, सदस्य दिक्षा पाण्डेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम माया खड्काको स्वागत मन्तव्य र सचिव रुपा बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
