१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

अर्घाखाँचीको मालारानी ५ मा कर्मचारी नियुक्तिमा मनोमानी

spot_img

अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ५ मा व्यापक मनोमानी भएको छ। वार्ड कार्यालय र स्वास्थ्य चौकीको कर्मचारी नियुक्तिका सन्दर्भमा मनोमानी भएको हो।

कार्यालय सहयोगी पदको लागि खुलाइएको विज्ञापनमा दरखास्त फारम भरिसके पछि एकाएक विज्ञापन रद्द गरिएको छ। मालारानी गाउँपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालयले कार्यालय सहयोगी पदको लागि विज्ञापन गरेकोमा विभिन्न व्यक्तिहरुले दरखास्त दिइसकेपछि एकाएक रद्द गरिएको जनाइएको छ।

विज्ञापन रद्द गरिसकेपछी पनि सम्बन्धित व्यक्तिलाई विज्ञापन दस्तुरसमेत फिर्ता नगरिदा उमेदवारहरुले असन्तुष्टि जनाएका छन्। मालारानी गाउँपालिका ५ को वार्ड कार्यालयमा एकजना कार्यालय सहयोगी हुँदाहुँदै पनि अर्को एकजना कर्मचारी नियुक्त गरिएको छ।

राजनैतिक दलको ठाडो हस्तक्षेप एवं मनोमानी ढंगले कर्मचारी नियुक्ति भएकोप्रति जिज्ञासा राख्दा वार्ड अध्यक्षले आफुलाइ त्यसबारेमा कुनै जानकारी नभएको बताएका छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (13%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (63%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै