४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, ७९ हजार ४५० जनाले हात पारे सेयर

spot_img

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । बिहीबार गरिएको बाँडफाँटमा योग्य आवेदकहरु २५ लाख ७९ हजार ४०२ मध्ये गोलाप्रथाबाट ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताको दरले सेयर हात पारेका छन् ।

यस संस्थाको आईपीओमा २५ लाख ८५ हजार २६१ जनाले २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको लागि आवेदन दिएका थिए । ५ हजार ८५९ जनाको आवेदन भने रद्द भएको थियो ।

आईपीओ गत ४ फागुनदेखि खुला भएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो ।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी २६ करोडको ०.२ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै