अर्घाखाँची । अर्घाखाँचीका मनिष अधिकारीले आसन्न निजामती कर्मचारी युनियनको आठौं माहाधिबेसनमा केन्द्रिय सदस्यमा उम्मेद्बारी घोषणा गरेका छ्न ।
अर्घाखाँची पाणिनी गाउँपालिका ३ खिदिम घर भएका मनिष अधिकारी हाल नवलपरासीमा कार्यरत छ्न । नवलपरासी बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि जितेका मनिष अधिकारी निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमिति सदस्य नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला सचिव, ट्रेडयुनियन कांग्रेस लुम्बिनी प्रदेश युवा समिति सदस्य ,लगायत अन्य संघसंगठनमा आवद्ध रहेका छ्न ।
निजामती कर्मचारी युनियन भित्र युवाहरुको प्रतिनिधित्व गर्दै सबै सेबा समुहको प्रतिनिधित्व हुनेखालको सक्षम नेतृत्वको आवस्यक रहेको भन्दै अधिकारीले उम्मेदवारी दिएको घोषणा गरेका हुन ।