अर्घाखाँची अहिलेको समयमा युवापुस्ताहरु विभिन्नखाले विकृतितर्फ उन्मुख भएको सन्दर्भलाई निरुत्साहित गर्ने उद्देश्यले आज एक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। पाणिनी ५ मैदानमा अवस्थित कृष्ण मा.वि. मा आयोजना गरिएको उक्त कार्यक्रममा बाबा योगिराजद्वारा विद्यार्थीहरुमा नैतिक सन्देश प्रवाह गर्ने विभिन्न विचारहरु प्रवचनका माध्यमबाट प्रस्तुत भएका थिए।
कक्षा ११ र १२ मा अध्ययनरत करिब ८० जना विद्यार्थीहरुको उपस्थितिमा संचालन गरिएको उक्त कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। वर्तमान समयमा ह्रास हुँदै गइरहेको पुर्वीय सभ्यता, सस्कृति,योग, ध्यान एवं आयुर्वेद उपचार पद्धति आज पनि उत्तिकै सान्दर्भिक रहेको तथ्य स्पष्ट पारेका थिए।
हाम्रा दैनन्दिन प्रयोगका खाद्यपदार्थहरुको अनियमित प्रयोग, पुर्वीय आचरण र व्यवहारलाई छोडेर पश्चिमी सस्कृति र चालचलनलाइ पछ्याउँदै जादा त्यसले समाजमा विभिन्न नकारात्मक प्रवृत्ति बढ्दै गएको हुँदा त्यसलाई बचाउन सबै लाग्नुपर्ने बताएका छन् ।