८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

पराजुलीद्वारा ईश्वरीप्रसाद भुसाल स्मृति भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार साैजन्य

spot_img

सन्धिखर्क । प्रथम ईश्वरीप्रसाद भुसाल स्मृति भलिवल प्रतियोगिताकाे प्रथम पुरस्कार धर्मराज पराजुलीले साैजन्य गरेका छन् । सन्धिखर्क ८ का वडा अध्यक्ष भुसालकाे काेराेनाका कारण गत साउनमा निधन भएकाे थियाे ।

भुसालकाे स्मृतिमा फागुन १३ गतेबाट सन्धिखर्क ८ काे नेपालीचाैरमा खुला भलिबल प्रतियोगिताकाे आयाेजना गरिएकाे छ ।

पराजुलीले प्रथम पुरस्कार ५० हजार रूपैयाँ खेल समितिलाई हस्तान्तरण गरेका छन् । नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सचिवालय सदस्य तथा वडा नं. ८ का इन्चार्ज समेत रहेका पराजुलीले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

उनले हालै किमडाँडामा निर्माण भइरहेकाे शिवालय मन्दिर निर्माणका लागि २० हजार ५ सय ५५ रूपैयाँ सहयाेग गरेका छन् । यस्तै विभिन्न जटिल राेगका बिरामीलाई पनि आर्थिक सहयाेग गर्दै आएका छन। अर्घाखाँची- काेरिया सम्पर्क मञ्चका पूर्व उपाध्यक्ष उनले मञ्चकाे तर्फबाट अर्घाखाँची अस्पतालमा विभिन्न सामग्री सहयाेग गर्न पहल गरेकाे बताए ।

भलिबल प्रतियोगितकाकाे द्वितीय पुरस्कार मुकुन्द भुसलाले ३० हजार र जीवलाल भुसालले २० हजार रूपैयाँ साैजन्य गरेका छन् । खेलकाे तयारी अन्तिम चरणमा पुगेकाे खेल समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै