१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

यस्तो छ तपाईंको आजको राशीफल(२०७८/११/१२ गते)

spot_img

यस्तो छ तपाईंको आजको राशीफल(२०७८/११/१२ गते)आज मिति २०७८ साल फाल्गुण १२ गते बिहिबार। सन् २०२२  फेव्रुअरी २४ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण कृष्णपक्ष अष्टमी । अनुराधा नक्षत्र। हर्षण योग। कौलब करण। बृश्चिक राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.३४, सुर्यास्त: साँझ ०६.०० बजे।

मेष  (चु, चे,चो,ला,ली,लु,ले,लो,अ,)
साथीभाइसँग लामो समयदेखि बिग्रिएको सम्बन्धमा सुधार आउनेछ ।माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् ।

बृष  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 
मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा मनमुटाब सिर्जना भई मनमा खिन्नता आउनेछ।  आजको दिन कुनै आर्थिक कारोवारबाट क्षति व्यहोर्नुपर्ने देखिन्छ ।आज कसैलाई वचन नदिनुहोला।

मिथुन  (का,की,कू,घ,ङ,छ,के,को,हा) 
सफलताको लागि बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । व्यावसायमा मन्दि आउनेछ । प्रेममा केही खटपट आउनेछ । पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

कर्कट  (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
पढाई लेखाईमा  राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् ।

सिंह  (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 
छोटो दुरिको यात्रा हुन सक्नेछ। आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो देखिन्छ ।

कन्या  (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा मन जाने छैन । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने  ऋण रोगले सताउनेछ ।  घर परिवार तथा आफन्तहरुसँग मनमुटाबको वातावरण सिर्जना हुनेछ सचेत रहनुपर्ने देखिन्छ ।

बृश्चिक  (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययनको क्षेत्र राम्रो छ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ ।  स्वास्थ्य समस्याले सताउनेछ ।

धनु  (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक कार्य गरि समाजमा कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको चर्चा चल्नेछ ।
मन प्रसन्न रहनेछ ।

कुम्भ  (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । दैनिक काम गर्न असहज महशुस हुनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन्   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै