१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

एमसीसी विरुद्ध सन्धिखर्कमा मसाल जुलुस सहित प्रदर्शन

spot_img

अर्घाखाँची   ।  अमेरिकी सहायता परियोजना (एमसिसी) को विरोधमा अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको माओवादी लगायतका राजनीतिक दल तथा तीनका भातृ संगठनले प्रदर्शन गरेका छन् । राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको माओवादी, नेकपा मसालले सन्धिखर्कको गुन्टेखोला चोकमा मसाल जुलुस सहित विरोध प्रदर्शन गर्दै सभाको आयोजना गरेका हुन् ।

प्रदर्शनमा सहभागीले एमसीसी सम्झौता पास भए नेपालको सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने भएकाले कुनै पनि हालतमा पास गर्न नहुने धारणा राखेका थिए । प्रदर्शनमा सहभागी युवा तथा विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता रोक्नका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत दिएका छन् ।

एमसीसी फिर्ता नहुँदा सम्म आफुहरुको आन्दोलन निरन्तर जारी रहने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष  थम्मन केसीले जानकारी दिए । ‘हामी अर्घाखाँचीमा ८ दल विरोधमा छौं, उनले भने,‘राष्ट्रघाती सम्झौता कुनैपनी सर्तमा स्विकार्न सक्दैनौं ।’

मसाल जुलुस सहित विरोधमा उत्रिएका आन्दोलनकारीको मसाल प्रहरीले निभाएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै