गोकर्ण पाण्डे
गुल्मी । महिला बालबालिका तथा जेष्ठ नागरिक साखाको आयोजनामा आदिबासि जनजाति तथा दलित सम्बन्धी ३ दिने नगर स्तरिय जनचेतना मुलक कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको सभाहलमा सम्पन्न भएको छ ।
जनचेतना मुलक कार्यक्रममा सहभागीलाई ७ वटा विषयमा लैङ्गिक हिंसा, जातिय भेदभाव, वार्षिक बजेट तर्जुमा, उद्घोषण, प्रजन्न स्वास्थ्य लगायतको विषयमा तालिम दिइएको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाको प्रत्येक वडाबाट ४/४ जना प्रतिनिधि हुनेगरि कार्यक्रम गरिएको हो ।
समापन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जनचेतना मुलक कार्यक्रममा दलित जनजाति उत्घोसक प्रजनल स्वास्थ्य लैंगिक हिंसाका कुराहरु सहभागिहरुलाई सिकाएको बताए ।
प्रशिक्षार्थी प्रशिक्षक बीच दोहोरो अन्तरक्रिया भइ प्रशिक्षक सन्तुष्टि र प्रशिक्षार्थी खुसी भएको मरासिनिले बताए । प्रशिक्षार्थीहरुलाई कार्यक्रममा सिकेका कुराहरुलाई आफ्नो समुदायमा गएर अरु व्यक्तिहरुलाई सिकाउन आग्रह गरे ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम प्रसाद अर्यालका अनुसार दलित जनजातिका कुराहरु प्रशिक्षार्थीहरुलाई सिकाएको बताए । अर्यालका अनुसार पालिकाहरुले योजना बनाउदा सक्रिय रुपमा सहभागि बनाउने समेत बताए ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष थम्मन के.सी ले जनचेतना मुलक कार्यक्रममा २ वटा समुदायलाई लक्षित गरि यो कार्यक्रम संचालन गरेको बताए । दलित महिलाहरुको कार्यक्रम छुट्टा छुट्टै गर्दै आएको थियो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डे, पार्वता पन्थी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।