४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

कलाकार जयनन्द लामाकाे निधन

spot_img

काठमाडाैं   ।   वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहाहन भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ ।

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् ।

पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गीति नाटक गरी दुई सयभन्दा बढी गीत गाएका छन्। गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय छन्।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

चाहे लोकगीत गायनमा होस् वा अभिनयमा उनको जीवन यसमै समाहित थियो। उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा अहिलेसम्म पनि चरित्र अभिनयमा सक्रिय थिए।

उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँ–गाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले। सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै