१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

‘अब दौडिन्छ अर्घाखाँची’

spot_img

प्रकाश चुदाली                                             अर्घाखाँची ।  अर्घाखाँचीमा प्रथम राष्ट्रिय रोडरेस प्रतियोगिता हुने भएको छ । दौडिन्छ अर्घाखाँची भन्ने मुलनाराका साथ रोडरेस २०७८ हुने भएको पत्रकार सम्मेलन गरि आयोजक स्पोर्टस भ्वाइसले जनाएको छ ।

विशेष गरि जिल्लालाई संसार सामु चिनाउनको निम्ति अव दैडिन्छ भन्ने मुल नारा राखिएको बताइएको छ । देशभर बाट १ हजार खेलाडीहरु सहभागी हुने छन ।
फागुन २७ र २८ गते हुने रेस प्रतियोगितामा बच्चा देखि युवा र युवा देखि बृद्वा सम्मले भाग लिन पाउने स्पोर्टस भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

खुल्ला दौड महिला पुरुष ५ किलोमिटर, भेन्ट्रान्स ४० वर्ष माथिका पुरुष ५ किलोमिटर, स्कुल जाने उमेर समुहको लागि ५० मिटर, १०० मिटर, १५० मिटर, २०० मिटर र ३०० मिटर दौड हुने थापाले बताउनुभयो ।खेल सँगै जुम्बा डान्स सहित नेपाली मौलिक संस्कृतिलाई झल्काउने पञ्चेबाजाको प्रस्तुति समेत रहने बताइएको छ ।

विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रथम पुरस्कार १५ हजार दृतिय १० हजार तृतिय ५ हजार हाल घोषणा गरेपनि पछि पुरस्कार राशि बढाउन सकिने आयोजकले बताएको छ ।

खेल सम्पन्न गर्नको लागि नेपालका पहिलो अन्तराष्ट्रिय पदक विजेता जित बहादुर के.सी,म्याराथन किर्तिमानी धावक बैकुन्ठ मानन्धर,मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग लगायत प्रशिक्षक आउने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै