अर्घाखाँची । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा हललाईन , पाणिनिचोक र इसारा टोल समेट्ने गरि टोल समिति गठन भएको छ ।
मणिराम भुसालको सभापतित्वमा २१ सदस्यीय सहित ५ जना सल्लाहकार समेत टोल समितिको गठन गरिएको वडा सभापती माधव श्रेष्ठले बताएका छन ।
उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ , महिला संघको क्षेत्रीय सभापति रिमा अर्याल , सन्धिखर्क १ तरुण दलका वार्ड अध्यक्ष रंजित श्रेष्ठ , महिला संघको सभापति इन्दु भुसाल , क्षेत्रीय प्रतिनिधि वीर बहादुर मुखिया लगाएत अन्य नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।
वडा सभापति माधव श्रेष्ठको अध्यक्षता र कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन महाधिवेशन प्रतिनिधि छमा कार्कीले गरेकी हुन ।