१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

अब एपले गर्छ सडकमै लाइसेन्स जाँच

spot_img

काठमाडौँ । परीक्षणकालीन रुपमा प्रदान गरिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अब मोबाइल एपमार्फत अन द स्पट (सडकमै) प्रमाणिकरण गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोग नियन्त्रण गर्न विकास गरिएको मोबाइल एप ट्राफिक प्रहरी महाशाखालाई सोमबार हस्तान्तरण गरे ।

‘लाइसेन्स भेरिफिकेसन’ एप मार्फत विशेष क्यूआर कोडलाई प्रहरीले मोबाइलमा स्क्यान गरी नक्कली/सक्कली छुट्याउन सक्ने महानिर्देशक घिमिरेले बताए । विशेष प्रकारको मोबाइल एप मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स प्रमाणीकरण गरिन्छ ।

उक्त लाइसेन्समा रहेको क्यूआर कोडलाई एप मार्फत स्क्यान गरी प्रमाणिकरण गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले मोबाइलमा एप राखी ‘अन द स्पट’ प्रमाणीकरण गर्न सक्नेछन् । कोड स्क्यान गरेपछि लाइसेन्सको पूर्ण विवरण मोबाइलमै हेर्न पाइने छ ।

‘एक वर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज गर्न सक्ने प्रावधान छ,’ घिमिरेले भने ।

महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीका अनुसार अहिले नक्कली लाइसेन्सधारी र परीक्षणकालीन लाइसेन्स लिएका व्यक्तिको सवारी दुर्घटना बढेको छ । विकसित प्रविधिको प्रयोग गरी लाइसेन्स जाँच प्रणाली सहज गर्न सकिने उनले बताए ।नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरु कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोग समेत नियन्त्रण हुने उनको भनाइ छ ।

लाइसेन्स प्रमाणीकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स जाँचको लागि यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था अब नरहने उनले दावी गरे । ‘आजदेखि सुरु भयो, उपत्यकाका सबै ट्राफिक प्रहरीलाई एपको प्रयोगबारे जानकारी दिन्छौं, चलाउन सिकाउँछौं र केही दिनमा सडकमा नै जाँच सुरु हुन्छ,’ उनले भने ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै