१९ मंसिर २०८१, बुधबार
spot_img
१९ मंसिर २०८१, बुधबार
spot_img

नेपाल समूह विजेता बन्दै टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा

spot_img

काठमाडौं ।  नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे ।

नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखाेली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्याे । उसका लागि डिलाेन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि नेपालले फिलिपिन्स र आयाेजक ओमानलाई हराएकाे थियाे ।

अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ काे उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता आयरल्यान्डले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भाेलि मङ्गलवार हुनेछ ।

यस्तै फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै