२९ पुष २०८१, सोमबार
spot_img
२९ पुष २०८१, सोमबार
spot_img

एमसिसी बिरुद्ध अर्घाखाँचीमा ८ दलीय सयुक्त मोर्चा द्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

spot_img

अनिल नेपाली
अर्घाखाँची ।  एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले अर्घाखाँचीस्थित जिल्ला प्रशासन कार्यालयमा आज घेराउ गरेको छ । सरकारले एमसीसी संसदमा टेबल गर्न लागेपछि यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यक्रम अन्तर्गत आज अर्घाखाँची जिल्ला प्रशासन कार्यालय घेराउ र कोणसभा सम्पन्न गरिएको हो ।

घेराउ कार्यक्रमसँगै आयोजित कोणसभालाई संयुक्त संघर्षमा सम्बद्ध नेताहरुले एमसीसी संसदमा छिर्नै दिन नहुने भन्दै त्यसका लागि तत्काल जनताका विचमा खारेजीको अभियान चलाउन माग गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउदैे एमसीसी नेपाली जनता माथि नेपालका सत्ताधीन राजनितिक दलले अस्तित्व नै समाप्त पार्ने गरी ल्याएको राष्ट्रघाती सम्झौता भएकोले यसका विरुदमा क्रान्तिकारी जनताले सघर्ष गनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट जिल्ला सदस्य नविन खड््काले एमसिसी नेपाली जनताको पक्षमा नरहेकोले एमसिसीको विरुदमा नेपाली जनताले कडा सघर्ष गनुपर्ने बेला आएको बताउदै एमसिसिको पक्षमा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गरी उनका श्रीमति छोराछोरीलाई आफुहरुलाई दमन गर्ने प्रहरीका छोराछोरी श्रीमतिलाई समेत लाईनमा सगै लिएर जानुपर्ने बताउदै पुर्खाहरुले संरक्षण गरेको नेपाली भुमागलाई अमेरिकालाईे बुझाउन भन्दा नेपाली जनताको बुट खाएर यही बेला सघर्ष गनुपर्ने बेला आएको बताए ।

कार्यक्रमको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब बाबुराम पन्थी सुनारले सञ्चालन गरेका थिए अर्घाखाँचीमा मोर्चा अन्तर्गत नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देजमोको सहभागिता रहेको छ ।

रूपन्देहीमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै तत्काल खारेजीका लागी लगातार सङ्घर्ष गर्दै आएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै