२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

लुहेस्को लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन बाट अध्यक्षमा बेल्बासे सर्बसम्मत चयन

spot_img

श्याम घिमिरे
अर्घाखाँची । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेस्को ) अर्घाखाँचीको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । सनिबार सन्धिखर्कमा सम्पन्न निर्बिरोध अधिवेशनले संगिता घिमिरे बेल्वासेको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा रामजित पौडेल , सचिवमा नेत्र प्रसाद पाण्डे र कोषाध्यक्षमा सुमन केसी निर्वाचित भएका हुन । यस्तै समितिको सदस्यहरुमा दिपक घर्ति , मुक्तिराम न्यौपाने , राजेन्द्र श्रेष्ठ , प्रेमबहादुर पछाई र रामप्रसाद पन्थी निर्बिरोध रुपमा निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

यसअधि अधिवेशनको एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गरेका हुन । उद्घाटन मन्तव्य राख्दै भुसालले जिल्लाको समग्र बिकासकामा शिक्षा र स्वास्थ्यको महत्वपुर्ण भुमिका रहेको भन्दै यि दुबैको बिकासमा जिल्लाबासीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

लुहेस्कोले हरेक गतिबिधिहरु जनतासंग नजिक भएर गर्ने गरेको भन्दै भुसालले कोभिड १९ संक्रमणको जटिल समयमा पनि संस्थाले ठुलो सहयोग गरेको बताउदै स्वास्थ्य क्षेत्रमा लुहेस्कोले गर्दे आईरहेकोे कामको प्रंसशा गरे ।

भुसालले अझै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरी आम जनताको मन जित्न लुहेश्कोलाई आग्रह समेत गरेका छ्न । संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, पुर्ण पराजुलिको स्वागत मनतब्य र संगिता वेल्वासेको सञ्चालन सम्पन्न कार्यक्रममा औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई , अर्घाखाँची हस्पिटल प्रा.लि. का अध्यक्ष नारायण प्रसाद पौडेल , नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल , संस्थाका संस्थापक अध्यक्ष एवं व्यवस्थापक तिलक मिश्र , संस्थाका सदस्य रामप्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने २ जना व्यवसायीहरु कृष्ण प्रसाद बन्जाडे र बिष्णु प्रसाद भुसाल यस्तै एसईई तथा प्लस टु लेभलमा उत्कृष्ट अंक ल्याउने २ जना शेयर सदस्यहरुका छोराछोरीहरु सम्राट केसी र सन्देश पाण्डेलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थाको बिकासकोलागी योगदान पुर्याएको भन्दै पिताम्बर भट्टराईलाई दोसल्ला ओढाई सम्मान गरीएको संस्थाका व्यवस्थापक तिलक मिश्रको जानकारी दिए ।

२०६४ सालमा स्थापना भएको लुहेस्को लिमिटेडले स्वास्थ्य क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ । संस्थामा हाल ५८ जना शेयर सदस्यहरु रहेका छन भने ७४ लाख २० हजार बराबरको शेयर पुँजि रहेको संस्थाले जनाएको छ । साधारण सभाले संस्था सञ्चालन सम्बन्धी बिभिन्न प्रस्ताब समेत पारीत गरेको व्यवस्थापक मिश्रले बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (25%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै