अनिल नेपाली
अर्घाखाँची । विप्लब नेत्तृवको नेपाल कम्युनिस्ट पाटीे अर्घाखाँचीले सरकारी कार्यालयको गाडीको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विना कारण प्रशासनको अनुमति विना हिडेका मालारानी गाँउपालिकाको गाडी सन्धिखर्क नगरपालिकाको गाडी जिल्ला समन्वय समितिको गाडी लगायत ४ ओटा गाडी र ९ ओटा बाईक नियन्त्रणमा लिएको छ ।
विना कारण सरकारी कार्यालयको चरम दुरुप्रयोग गर्नको लागि सचेत गराइएको बताए । विना कारण सरकारी सम्पतिको दुरुप्रयोग गरेर हिड्ने जोेकोही लाई पनि कार्यावाहीको दायरामा लिने समेत बताएका छन।