४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

देशमा राष्ट्रघात र जनघातका श्रृङखला बढ्दा क्रान्तिकारी पार्टीले मैदान छोड्दैन : खड्का

spot_img

अनिल नेपाली
अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले राष्ट्रघाती एमसिसि परियोजनाका विरुद्धमा शुक्रबार मालारानी गाँउपालिकाको खनदहमा विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई जिल्ला सदस्य नविन खड्काले सम्वोधन गदै एमसिसि नेपाल र नेपाली जनताको हितमा नभएकोले एमसिसीको पक्षमा कुरा गर्ने राजनितिक दल सबैलाई बहिष्कार गर्ने एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला बहिष्कार गनुपर्ने बताउदै राष्ट्रघात र जनघातका श्रृङ्खला बढ्दा नेपाली जनता र क्रान्तिकारी पार्टीले टुलु टुलु हेरेर नबस्ने बताउदै यस्ता गलत र राष्ट्रघाती क्रियाकलापको नागरिकले प्रतिवाद गनुपर्ने बताए ।

कार्यक्रममा, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली लगाएतले कार्यक्रमलाई सम्वोधन गनुभएको थियो कार्यक्रममा उल्लेखनीय मात्रामा नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै