२ माघ २०८१, बुधबार
spot_img
२ माघ २०८१, बुधबार
spot_img

यस्तो छ आजको तपाईंको राशीफल(२०७८/११/०६ गते)

spot_img

आज मिति २०७८ साल फाल्गुण ६ गते शुक्रबार। सन् २०२२  फेव्रुअरी १८ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण कृष्णपक्ष द्वितीया । पुर्वफाल्गुणी नक्षत्र। सुकर्मा योग। तैतिल करण। सिंह राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.४०, सुर्यास्त: साँझ ०५.५६

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
महत्वपुर्ण कार्यहरु समयमा नै  पुरा गर्न पाउँदा मन प्रफुल्लित होला । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट कार्य सम्पादन गर्न सकिनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वादविवादमा पर्न सकिनेछ,ख्याल गर्नुहोला। किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक वातावरणमा दिनभर रमाईलो गफ गर्दै समय ब्यतित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ भने टाढाका आफन्तजनबाट सुखद समाचार प्राप्त होला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने देखिन्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक कार्यमा उत्साह बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ।आर्थिक कारोबार गर्दा फाइदा होला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन मध्यम रहला। सोचे आटेका काम पूरा हुन नसक्दा मनमा चिन्ता होला। आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुनाले घरायसि कामहरु थाति रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक कार्यमा तपाइको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पति पत्नीका बीचमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 
समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिन मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक कार्यमा सफलता प्राप्त होला । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने शत्रुहरु आफै परास्त हुनेछन् ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै