१५ बैशाख २०८२, सोमवार
spot_img
१५ बैशाख २०८२, सोमवार
spot_img

जन्मदिनको खर्च कटाएर बालबालिकालाई सहयोग

spot_img

बुटवल । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-५ हाल सिद्धार्थनगर ८ भैरहवा निवासी निराजन पोख्रेलले जन्मदिनको अवसरमा विद्यालयका बालबालिका लाई सहयोग गरेका छ्न ।

समाजमा पछिल्लो समय जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिका लाई सहयोग गरेर एक उदाहरणीय काम गरेका हुन ।

माघ ८ गते जन्मदिन परेका पोख्रेलले आफ्नो शुभदिन पारेर बिहीबार दि ईटर्नल फाउन्डेसन मार्फत काभ्रेको मण्डनदेउपुर ११, भाटपोलस्थित जनजागृति प्राथमिक विद्यालयका ३५ जना बालबालिकाका लागि शैक्षिक तथा खेल-सामग्रीहरू प्रदान गरेका हुन । सहयोग गर्न पाउदा पोख्रेलले खुसी व्यक्त गरेका थिए ।

सहयोगको लागी दि ईटर्नल फाउन्डेसनले समेत आभार प्रकट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै