१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्दै

spot_img

काठमाडौं । सत्तारूढ गठबन्धनको दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भट्दैछन्।

स्रोतका अनुसार देउवा र ओलीबीच अहिले केहीबेरमा भेटवार्ता हुन लागेको छ। केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न निस्किएका छन्। ओली र देउवाबीच भेट हुने स्थान भने खुलिसकेको छैन।

सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए।

बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग कुरा गरेका थिए।

प्रधानमन्त्री देउवा एमसिसी संसदमा टेबल गर्ने र पारित गर्ने कुरामा दृढ छन्। सत्तारूढ गठबन्धनका नेताहरूलाई पनि उनले यही कुरा भन्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै