१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

बृहत युवा अभियान द्वारा अर्घाखाँचीका ६० परिवारलाई राहत वितरण

spot_img

सन्धिखर्क  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा रहेका विभिन्न विद्यालयका ६० जना बिपन्न परिवारका विद्यार्थीहरु लाई करिब दुई लाख बराबरको  न्यानो कपडा स्विटर , मोजा  , शैक्षिक सामाग्री , झोला र ५ परिवारलाई खाद्यान्न समेत बितरण गरेको छ ।

रुपन्देहीको जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको यस संस्थामा ५० जना सदस्य रहेका छन । संस्थाले दर्ता चरण देखि नै सामाजिक क्षेत्र जस्तै बिपन्न परिवारका बालबालिका बृद्ध-बृद्दा , अपांगता , सामाजिक जनचेतना मुलक नाटक , महिला हिंसा विरुद्धका कार्यक्रम र बाढी , पहिरो लगायतका क्षेत्रहरुमा काम गरिरहेको छ ।

जो खान नपाएर तड्पिरहेका छ्न उनीहरुका लागि सहयोग गर्ने र त्यो सहयोगको लागि आर्थिक रकम देश बिदेशबाट विभिन्न नेपाली दाजु-भाइहरुले गर्दै आएका बृहत युवा अभियान कि अध्यक्ष पुष्पा भट्टराईले बताईन ।

सामाजिक कार्यमा अघि बढेको यस संस्थाले विद्यार्थीहरुको मनोरञ्जनको लागि नृत्य पनि प्रस्तुत गरेको थियो । संस्थाले आगामी दिनहरुमा अर्घाखाँचीका अन्य ठाउँहरुमा पनि यस्तै सहयोगका कार्यक्रमहरु ल्याउने बताएका छन ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै