७ बैशाख २०८२, आइतवार
spot_img
७ बैशाख २०८२, आइतवार
spot_img

प्रचण्डले भने- हाम्रो जोड यो गठबन्धन बचाउनमै छ

spot_img

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको जोड अहिलेको सत्ता गठबन्धन जोगाउनेमा रहेको बताएका छन्।

बिहीबार दिउँसो एकीकृत समाजवादीका अध्यक्ष र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनका पाँच दललाई एक बनाउने र एमसिसीलाई निकास दिनेबारे छलफल भएको बताए।

आज पाँच बजे मिटिङ छ। त्यसको तयारीका लागि हामी बसेका हौं। हामी तीन दल एक हुनुपर्छ भन्नेमा लागेका छैनौं। पाँचै दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्नेमा हाम्रो प्रयास छ,’ प्रचण्डले भने,‘हाम्रो जोड यो गठबन्धन कसरी बचाउने भन्नेमै छ।’

प्रचण्डले यसअघि बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए।

पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक अहिले साँझ पाँच बजे बस्दैछ।

यसअघि बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी जबरजस्ती पारित गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै