२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’ वैशाख ९ मा रिलिज हुने

spot_img

काठमाडौं । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अमेरिकाका विभिन्न सहरमा भने प्रदर्शन भइसकेको छ ।

यो चलचित्र नेपालमा वैशाख ९ गतेबाट प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको मुख्य भूमिका छ । साथै, चलचित्रमा अमेरिकाका विभिन्न कलाकार जोरड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा एलिश कार्की र प्रतीक पौडेलको संगीत, प्रताप दास र कविता श्रेष्ठको स्वर छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा ब्यास विस्कुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

दीपक वली एसोसियट निर्देशक रहेको चलचित्रमा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । अमेरिकाका दर्शकले निक्कै रुचाएको यो चलचित्रलाई नेपालका दर्शकले पनि रुचाउने विश्वास निर्माणपक्षको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै