बुटवल । लायन्स क्लब बुटवल स्टार्स,लियो क्लब बुटवल स्टार्स र जयसवाल युथ क्लब बुटवल को सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुधबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ ।
लायन्स क्लब बुटवल स्टार्सका अध्यक्ष एन्जील खानले क्लबको नियमित ९० दिनमा नियमित रक्तदान गरिने त्यहि अनुरुप बुधबार रक्तदान गरिएको बताए । रक्तदान कार्यक्रममा ४८ जनाले रक्तादान गरेका नारायण रायमाजीले जानकारी दिए ।
कार्यक्रमा लायन्स इन्टरनेशन डिष्ट्रिक ३२५ बि २ का डिपुटी चिफ संन्दिप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ ,लियो स्टार्सका अध्यक्ष विनोद कुमार जयसवाल लगाएत बोलेका थिए ।