१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

स्थानीय तह चुनावका लागि आजदेखि दल दर्ता

spot_img

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि आजदेखि दल दर्ता गर्ने भएको छ।

आयोगले एक सूचना प्रकाशित गरेर आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ गतेसम्म दल दर्ता गर्न समय दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइट खुलाउनुपर्नेछ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति पनि खुलाउनुपर्नेछ ।

साथै यसभन्दा अघिको स्थानीय तहको चुनावमा प्राप्त गरेको निर्वाचन चिह्नकाे साटो अर्को चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा चुनाव चिह्न प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

सरकारले वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको रिट दर्ता गर्न न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधबार आदेश दिएको हो।

यो आदेशअनुसार अब सर्वोच्च प्रशासनले स्थानीय तहको निर्वाचन मितिविरूद्ध परेको रिट दर्ता गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै