९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

सलमान खाँन वैशाख ३ गते नेपाल आउने

spot_img

काठमाडौं ।  भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।

काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।

सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ।दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।

आयोजकमध्येका एक सीमान्त गुरुङले सेतोपाटीलाई भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’

सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।

सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुत्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको जानकारी संस्कृति महाशाखाका प्रवक्ता सुरेश सुरश श्रेष्ठले दिए।

ओडिसी इन्टरटनमेन्टले यसअघि नै २०७४ मा सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम थियो। सुरक्षा चुनौतीको कारण त्यतिबेलाको कार्यक्रम सारिएको थियो।

त्यसबेला काटिएका टिकटहरू धेरै फिर्ता गरिएको छ र टिकटको भर्पाइ नलगेकालाई यस कार्यक्रममा त्यही टिकटको आधारमा मान्यता दिने गुरुङले बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै