२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

गुल्मीमा रोकी राखेको एम्बुलेन्समा अचानक आगजनी

spot_img

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा रोकी राखेको एम्बुलेन्समा अचानक आगजनी भएको छ । मुसिकोट नगरपालिका ४ अन्तर्गत डाँडाथोकमा चालकले आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा गए राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

आगलागी भएको थाहा पाएपछि स्थानीयहरुले तत्कालै आगो निभाएका थिए । आगलागीबाट एम्बुलेन्सको इञ्जिनमा पूर्ण रुपमा क्षति भएको छ । उक्त एम्बुलेन्स मुसिकोट नगरपालिका अन्र्तगत ३ र ४ नम्बर वडामा रहेका भारतीय भूतपूर्व सैनिकहरुको सहयोगमा खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए ।

घटनाको जानकारी पाएपछि अहिले प्रहरी टोली घटना स्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले प्रहरी घटना स्थलमा पुगेपछि घटनाको बारेमा थप अनुसन्धान गरिने बताए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै