१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

कांग्रेस संसदीय दलको बैठक बस्दै

spot_img

काठमाडौं ।  सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

बैठक आज बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका थिए।

यसै सन्दर्भमा छलफल गर्न कांग्रेसले स‌ंसदीय दलको बैठक बोलाएको हो। प्रतिनिधि सभा बैठक बुधबार बस्दैछ।

यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरूद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि ‘काउन्टरमा’ केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ।

एमालेले प्रधानन्यायाधीश राणासँग संवैधानिक इजलासमा बेन्च सेयर गरेका चार जना न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरेको हो। मंगलबारसम्म कुनै न कुनै न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गरिने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताए।

प्रतिनिधिसभा नियमावलीअनुसार कुनै पनि न्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसदमा छलफल गराउनुपर्छ। सभामुखले छलफलपछि स्वीकृत गरेर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्छ। बहुमतले स्वीकृत गरेपछि महाअभियोग प्रस्ताव समितिमा जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै