१० जेष्ठ २०८२, शनिबार
spot_img
१० जेष्ठ २०८२, शनिबार
spot_img

कामु प्रधानन्यायाधीश कार्कीको आह्वानमा दिउँसो १ बजे फुल कोर्ट बस्दै

spot_img

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन्। दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको सर्वोच्चका एक न्यायाधीशले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश बनेका हुन्। कार्कीले कामु प्रधानन्यायाधीश बनेको दोस्रो दिन बस्ने गरी फुलकोर्ट बोलाएका हुन्।

मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन।

सर्वोच्चमा विवाद रहेकै समयमा सर्वोच्च अदालत नियमावली संशोधन गर्न दुईपटक फुलकोर्ट वैठक बस्यो। त्यस्तै शोक प्रस्ताव र कोभिड संक्रमणका विषयमा निर्णय गर्न पनि फुलकोर्ट बसेको थियो। यसरी बसेको फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश राणा उपस्थित थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै