७ बैशाख २०८२, आइतवार
spot_img
७ बैशाख २०८२, आइतवार
spot_img

एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीको राँके जुलुस

spot_img

काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता खारेजीको माग गर्दै नेकपा क्रान्तिकारी माओवादीले राँके जुलुस निकालेको छ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीले आइतबार साँझ काठमाडौंको बानेश्वरमा राँके जुलुस निकालेको हो। काठमाडौंको बिजुलीबजारबाट निकालिएको राँके जुलुस बानेश्वर पुगेपछि सकियो।

अमेरिकी अनुदान सम्झौता (एमसीसी)मा राष्ट्रिय हित प्रतिकूल प्रावधानहरु रहेको भन्दै क्रान्तिकारी माओवादीले उक्त सम्झौता खारेज गर्नुपर्ने बताउँदै आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सम्झौता संसद्‌मा पेस गरेर अनुमोदन गराउनुपर्ने भनेर विभिन्न बैठकहरुमा बताउने गरेको विषय सार्वजनिक भएपछि सम्झौतालाई लिएर विरोध प्रदर्शनहरु बढेका छन्।

सत्तारुढ गठबन्धनमै रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधन नगरी एमसीसी सम्झौता हुबहु पारित गर्न नहुने पक्षमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै