५ जेष्ठ २०८१, शनिबार
spot_img
५ जेष्ठ २०८१, शनिबार
spot_img
spot_img

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा सुरू

spot_img

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालयको बैठक सुरू भएको छ।   प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध सत्ता गठबन्धनले अकस्मात ल्याएको महाअभियोगबारे छलफल गर्न आइतबार साँझ बोलाइएको बैठक सुरू भएको हो।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा सुरू भएको हो।

एमालेले आफनो धारणा बनाउन संसदीय दलको बैठक अगाडि सचिवालय बैठक बोलाएको एमाले नेता विष्णु रिजालले बताएका छन्।

बैठकमा जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्ने र आगामी बैठकमा टेबुल हुन लागेको एमसिसीको विषयमा आफ्नो धारणा बनाउने विषयमा केन्द्रीत हुनेछ।

त्यस्तै एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक पनि यसअघि नै बोलाइसकेको छ।

संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा सहभागी हुन जिल्ला बाहिर रहेका आफ्नो सबै सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।

स्थानीय तहको चुनावको सम्बन्धी प्रशिक्षण सुरू गरेपछि एमालेका अधिकांश सांसद राजधानी बाहिर छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै